श्रीमान् श्रीमतीको डिभोर्स गराउने तस्बिर

Posted By OS Nepal || Date: 29 November, 2016

husband-want-divorceएजेन्सीः पछिल्ला दिनमा सामाजिक सञ्जालमा केही तस्बिर भाइरल भइराखेका छन् । एक महिलाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि यसको फरक कथा सार्वजनिक भएको छ ।

एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भए लगत्तै श्रीमान श्रीमतीको डिभोर्स भएको छ । सामाजिक सञ्जालको सदुपयोग हुन नसक्दा यस्ता घटना हुनु सामान्य बन्दै गए पनि एउटा तस्बिरकै कारण दम्पत्तीको डिभोर्स हुनुलाई महत्वका साथ हेरिएको छ ।
सामाजिक सञ्जालमा भाइरल भएको तस्बिरले उनको पारिवारिक सम्बन्ध खतरामा परेको हो ।

जतिबेला श्रीमानले श्रीमतीको तस्बिर देखे त्यसपछि उनीहरुको सम्बन्ध खतरामा पुग्यो । तस्बिरमा देखिएका अन्य दृश्यले यी दुईको सम्बन्धमा खटपट सुरु भएको हो ।

भ्रमणका लागि घर भन्दा बाहिर रहेक श्रीमानले पटकपटक फोन गर्दा पनि श्रीमतीको फोन उठेन । जतिबेला फोन उठ्यो त्यत्तिबेला आफू नुहाउन गएको भन्दै श्रीमतीले स्पष्टिकरण दिइन् । तर, उनका पतिले त्यो कुरा विश्वास गरेनन् । तत्काल एउटा फोटो खिचेर पठाउन श्रीमतीलाई आग्रह गरे ।

श्रीमतीले तत्काल तस्बिर पठाइन श्रीमतीको तस्बिर देखेर सुरुमा मख्ख परे । उनले फेरी आफ्नी श्रीमतीको तस्बिर नियालेर हेरे । त्यसपछि भने उनको होसहवास उठ्यो । पछि मात्र थाहा पाए कि आफ्नो कोठामा श्रीमती एक्लै नभएर कोहीसँग बसेकी छिन् भन्ने कुरा तस्बिरबाट थाहा पाए।

श्रीमतीको तस्बिर सँगै उनी बसेको पलङमा कुनै पुरुषको पाइन्ट खोलेर राखिएको थियो । त्यत्तिमात्र होइन तस्बिरमा प्रष्ट देखिन्छ पलङ मुनि कोही मानिस लुक्न खोजिरहेको छ । लुक्ने प्रयास गरे पनि उसको हात भने बाहिर प्रष्ट देखिन्छ ।

आफू कतै घुम्न गएको मौकामा श्रीमतीका यी हर्कत देखेपछि उनले तत्काल डिभोर्स माग्ने निर्णय गर्छन् । उनले तत्काल डिभोर्स माग्छन् र उनीहरु अलग बस्छन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!