सुदूरपश्चिमेली समाज जापानले अपाङ्ग बालबालिकालाई शैक्षिक सहयोग गर्ने

Posted By OS Nepal || Date: 29 November, 2016

imageओएस नेपाल , जापान , एच.बी ताम्राकार 

मंसिर १४ । सुदुरपश्चिमका अपाङ्ग बालबालिकाको शैक्षिक गुणस्तर वृद्धिका लागि सुदूरपश्चिमेली समाज जापानले शैक्षिक सहयोग गर्ने भएको छ ।

शैक्षिक गुणस्तर वृद्धिका लागि समाजले आर्थिक सहयोग गर्न लागेको हो ।समाजले सुदूरपश्चिमका आठ जना अपाङ्ग बालबालिकालाई छनौट गरी यसरी शैक्षिक सहयोग गर्न लागेको हो ।

समाजले पहिलो चरणमा सुदुरपश्चिमका बैतडी ,दार्चुला ,अछाम ,कैलाली र कंचनपुरका अपाङ्ग बालबालिकालाई सहयोग गर्ने भएको छ ।

समाजले सहयोग गर्ने बालबालिकाहरुमा बैतडी बसन्तपुरका पुजा ठगुन्ना र मनोज ठगुन्ना , दार्चुला लटिनाथका योगेश सिंह र सुनिल भट्ट , अछाम साफेबगरका अंकित कुँवर र विनायकका हिमाल अधिकारी रहेका छन् ।

त्यसैगरी कैलाली पथरैयाका दुर्गा कुमारी थापा र कन्चनपुरका हरिश चुनारा रहेका छन् ।एक जना अपाङ्ग बालबालिकालाई २० हजार जापानी येन उपलब्ध गराइने समाजका अध्यक्ष पूर्ण चलाउनेले बताए ।

आगामी दिनमा सुदुरपश्चिमको शैक्षिक क्षेत्रमा थप प्रभाबकारी कार्यहरु गर्ने पनि चलाउनेले बताए ।समाजले यस अघि पनि सुदुरपश्चिमका विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।

image image imageimage

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!