अमेरिकामा एक व्यक्तिले चक्कुले हान्दा ११ जना घाइते

Posted By OS Nepal || Date: 29 November, 2016

attracketकाठमाडौंः अमेरिकामा एक व्यक्तिको चक्कु आक्रमणबाट ११ जना घाइते भएका छन्।  घाइते मध्ये एकको अवस्था गम्भीर रहेको त्यहाँका स्थानीय सुरक्षा अधिकारीलाई उद्धत गर्दै सञ्चार माध्यमले जनाएका छन् ।

समाचारमा उल्लेख भए अनुसार चक्कु चलाउन युवा २० वर्षमा मात्र हुन् । उनले अमेरिकाको ओयाहो विश्वविद्यालय क्षेत्रमा चक्कु प्रहार गरेका हुन् । उनको नाम नखुले पनि उनी सोमालियाली छात्र भएको सार्वजनिक भएको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार ती सोमालियाली छात्रले आफ्नो कार सडकपेटीमा चढाएर चक्कु निकालेका थिए । उनले कारबाट झेपछि पैदलयात्रुमाथि लगातार चक्कू प्हार गरे । ती व्यक्तिको प्रहरी कारबाहीमा मृत्यु भएको छ ।

अमेरिकी सञ्चार माध्यमका अनुसार यो घटना ओहायो राज्यको राजधानी कोलम्बसस्थित ओयाहो विश्वविद्यालयमा भएको हो । बिबिसीका अनुसार त्यहाँको प्रहरीले घटनाको अनुसन्धान गरिराखेको छ । किन यस्तो घटना भयो भन्ने निश्चित भएको छैन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!