पर्वतमा १९ जना एचआइभी सङ्क्रमित

Posted By OS Nepal || Date: 29 November, 2016

पर्वत, १४ मङ्सिर । एचआइभी एड्सबाट पर्वत जिल्लामा १९ जना सङ्क्रमित रहेको पाइएको छ । तीमध्ये सातजना पुरुष, आठजना महिलामा एड्स सङ्क्रमण देखिएको हो । एड्स सङ्क्रमित हुने बालबालिकाको सङ्ख्या भने तीन रहेको छ । जिल्ला अस्पताल पर्वतले यही साउनदेखि तथ्याङ्क सङ्कलन अभियान सुरु गरेको छ । सङ्क्रमित रोगीले अहिले निरन्तर निःशुल्क औषधि सेवन गरिरहेका छन् । जिल्लामा सबैभन्दा बढी २५ वर्षदेखि ५० वर्षसम्मका पुरुष र महिलामा एचआइभी एड्स सङ्क्रमित देखिएको जिल्ला अस्पताल पर्वतले जानकारी दिएको छ ।

यौनकर्मी महिलासँग असुरक्षित तरिकाले यौन सम्पर्क राख्ने व्यक्ति एचआइभी एड्सबाट बढी सङ्क्रमित भएको जिल्ला अस्पताल पर्वतका प्रमुख डाक्टर फणीन्द्र बरालले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी प्रवासमा लामो समय बसेर फर्केका व्यक्तिमा एड्सको सङ्क्रमण बढ्दोरुपमा देखिएको छ ।

जोखिमयुक्त तरिकाले यौनसम्पर्क राख्दा प्रवासमा एड्सको सङ्क्रमण भएको र घरमा रहेका श्रीमती र बालबालिकालाई उनीहरुले नै एड्सको सङ्क्रमण गराएकोे उहाँको भनाइ छ । एचआइभी एड्सको सङ्क्रमण रोक्नका लागि जनचेतना बढ्दै जानुपर्ने बरालले बताउनुभयो । जिल्लामा एड्सको सङ्क्रमण दर बढ्दै गएको देखिएकाले यसलाई न्यूनीकरण गर्नका लागि चेकजाँच सेवालाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्न आवश्यक रहेको बरालको भनाइ छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!