साउदी पुगेका ५३ नेपाली युवा अलपत्र

Posted By OS Nepal || Date: 29 November, 2016

saudi-nepali-kकाठमाडौंः खाडी मुलुकमा काम गर्न जाने नेपाली युवा मेनपावर कम्पनीका कारण पटकपटक समस्यामा पर्ने गरेका छन् ।

विदेशमा राम्रको काम भन्दा पनि नेपाल बाट उडाउने काम मात्र गर्न पल्केका मेनपावरका कारण हजारौ नेपालीले अर्काको भूमिमा कष्टपूर्ण जीवन विताउनु परेको छ।

पछिल्ला दिनमा काम गर्न गएको कम्पनीमा खान बस्नै समस्या भएपछि क्याम्प छाडेर साउदीको रियादस्थित नेपाली दूतावासको शरणमा परेका ५३ जना नेपाली युवा अलपत्र परेका छन् ।

क्याम्प छोडेपछि नेपाल फर्किने प्रक्रिया नमिल्दा उनीहरु दूतावासमै बस्न बाध्य छन् । यस सम्बन्धमा सरकार समक्ष जानकारी आएको भए पनि उनीहरुका सम्बन्धमा कुनै सुनुवाई भएको छैन् ।

श्रम तथा रोजगार मन्त्रालयले दूतावासमार्फत साउदीको उप–श्रम मन्त्रीसँग अलपत्र कामदारको समस्या जानकारी गराइसकेको छ । यसरी जानकारी भए पनि प्रक्रियाका कारण नेपाल आउन समस्या हुने दूतावासको दाबी छ ।

दूतावासका अनुसार अलपत्र कामदारलाई स्वदेश फिर्तीका लागि त्यहाँको सरकारले ‘एक्जिट’ भिसा दिनुपर्छ’ तर, दूताबासमा आइपुगेका सबै नेपालीको रोजगारदता नै सम्पर्कबिहीन छ ।

दूतावासका अनुसार रोजगारदाता सम्पर्कमा नआई साउदी सरकारले ‘एक्जिट’ अनुमति दिँदैन । साउदीको हिजास गेट इन्टरनेशनल कम्पनीमा काम गर्ने नेपालीहरु गत मंगलबार नेपाली दूतावास पुगेका थिए ।

नेपालबाट काम गरेर पैसा कमाउने सपना बुनेर गएका युवा अघिल्लो मंगलबारदेखि दूतावासकाृृ खुला चौरमा रात दिन काट्न बाध्य छन् । दूतावासले अलपत्र युवालाई खानाको भने व्यवस्था गरेको छ ।

दूतावासमा अलपत्र परेका सबै युवा क्षितिज इम्प्लोयमेन्ट सर्भिसमार्फते साउदी पुगेका हुन् । कम्पनीले समयमा तलब नदिने भएपछि समस्या परेको भन्दै सबै कामदार दूतावासको शरणमा छन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!