किन खिइन्छ जोर्नी ?

Posted By OS Nepal || Date: 29 November, 2016

काठमाडौँ- उमेरले ५० वर्ष कटेका मानिसमा जोर्नी खिइन सक्छ । यसको कुनै कारण नै
हुँदैन । यस्तो जोर्नी खियाइलाई प्राइमरी ओस्टियोअर्थराइटिस भनिन्छ ।
घुँडा र पुट्ठामा फ्याक्चर भयो या राम्रोसँग जोडिएन भने पछि गएर जोर्नी खिइन्छ र काम नदिने हुन्छ । यसलाई सेकेन्डरी ओस्टियो अर्थराइटिस भनिन्छ । प्रा. डा. दीर्घराज आरसी प्रमुख, हाडजोर्नी विभाग, सिभिल अस्पताल
प्रा. डा. दीर्घराज आरसी
प्रमुख, हाडजोर्नी विभाग, सिभिल अस्पताल
कसैकसैमा जन्मजात जोर्नी बिग्रिएर आउने हुन्छ । केटी मान्छेमा यो समस्या बढी हुन्छ । ३०–४० वर्षपछि हिँड्नै नसक्ने हुन्छ । जन्मजात बिग्रिएर आएकालाई भने गाह्रो हुन्छ । यसलाई प्राइमरी कम्प्लेक्समेन्ट भनिन्छ ।
शरीरको कुनै भित्री भाग सुजन भएर पनि जोर्नी खिइने हुन्छ । यस प्रकारको खियाइलाई इन्फ्लामेन्ट्री आर्थराइटिस भनिन्छ ।
बाथका कारण पनि जोर्नी बिग्रिने सम्भावना हुन्छ ।नयाँ पत्रिकाले छापेको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!