आठौँ एनीर्भसरीका दिन धुर्मुसले सुन्तलीलाई सम्झिँदै लेखे यस्तो स्टाटस

Posted By OS Nepal || Date: 29 November, 2016

dhurmus-suntaliकाठमाडौँ । नेपाली कलाकारीता क्षेत्र र समाजसेवामा जमेको नाम हो सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली । २०६५ साल मंसिर १४ गते वैबाहिक बन्धनमा बाँधीएको यो जोडीले आज आठौँ वर्षगाँठ मनाउँदैछ । एनिभर्सरीका दिन धुर्मुसले सुन्तलीलाई सम्झिँदै यस्तो स्टाटस लेखेका छन् ।

सुखमा साथ दियौ
दुखमा हात दियौ
एक भई अघि बढ्दा
मिठामिठा सौगात दियौ

२०६५ साल मंसिर १४ गतेपछिका दिन, मैले Ghimire Kunjana को साथ पाएको दिन, एकअर्कामा सर्मपित भएको दिन, हाम्रो पाइलासँगै अघि बढेको दिन, जसले हाम्रो कलाकारिताको लोकप्रियता बढ्दै गयो । जीन्दगी अघि बढाउन सहज हुँदै गयो । र अहिले सामाजिक काममा मन एक भएर लाग्यो ।

तिम्रो साथ बेगर अहिले जति कर्म गरियो त्यो सबै असम्भव थिए । यति दह्रो साथ, प्रेमिल हात र मिठा मिठा सौगातका लागि आभारी छु । तिम्रो हातको साहारा लिएर अघि बढ्दै गर्दा अझै धेरै कामहरु फत्ते हुनेमा विश्वस्त छु ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!