किन टिक्दैन मोबाइलको ब्याट्री ?

Posted By OS Nepal || Date: 29 November, 2016

काठमाडौँ- जब मोबाइलमा ब्याट्रीको क्षमता सकिन्छ, तब ब्याट्री फुल चार्ज नभएसम्म हामी इलेक्ट्रिक चार्ज गरिरहन्छौँ । तर, ब्याट्री एक्स्पर्टहरूका अनुसार यो प्रक्रिया सरल भए पनि गलत छ । यदि मोबाइलफोनको ब्याट्री–लाइफ बढाउनु छ या ब्याट्रीलाई लामो समयसम्म टिकाउनु छ भने केही यस्ता टिप्सहरू अपनाउन सकिन्छः
ब्याट्रीको लाइफ बढाउने उपाय
मोबाइलको ब्याकग्राउन्डमा रन हुने एप्लिेकसनहरू अफ गर्ने ।
मोबाइलमा इन्टरनेट चलाउन सकेसम्म वाइफाई प्रयोग गर्ने ।
मोबाइलको स्क्रिन सकेसम्म आफूलाई चाहिनेजति डिम बनाएर राख्ने ।
एनिमेटेड वालपेपर प्रयोग नगर्ने ।
किबोर्डको साउन्ड तथा भाइब्रेसन अफ गर्ने ।
स्क्रिन टाइमआउटमा राख्ने । १५ या ३० सेकेन्डको राख्नु राम्रो हुन्छ ।
नचाहिने वेलामा ब्लुटुथ, वाइफाई या डाटा अफ गरेर राख्ने ।
प्रायः मोबाइल, ट्याब्लेट र क्यामेराहरूमा रिचार्जेबल लिथियम इअन ब्याट्री प्रयोग गरिएको हुन्छ । पहिलेका इलेक्ट्रोनिक्स डिभाइसमा निकेल क्याडमिअम ब्याट्री प्रयोग हुन्थे । पहिले प्रयोग हुने निकेल क्याडमिअमभन्दा अहिले प्रयोग भइरहेको लिथियम धेरै नै पावरफुल तथा लामो समयसम्म टिक्ने हुन्छ । सुजन राजभण्डारी प्रिन्स मोबाइल, नयाँ बानेश्वर
सुजन राजभण्डारी
प्रिन्स मोबाइल, नयाँ बानेश्वर
ब्याट्री पूर्ण रूपले निल हुने गरी मोबाइल चलाउने बानी राम्रो होइन । जिरो लेभलबाट चार्ज गर्नु भनेको ब्याट्रीलाई धेरै स्ट्रेस दिनु हो । त्यसैले ब्याट्रीको टिकाउपनाका लागि २५ प्रतिशतभन्दा कम हुन नदिई चार्ज गरिहाल्नु उत्तम उपाय हो ।
ब्याट्रीको अन्तिम लाइन नसकिएसम्म मोबाइल चलाइराख्ने बानी जति नराम्रो हो, त्यसैगरी सय प्रतिशतसम्म चार्ज गर्ने बानी पनि नराम्रो मानिन्छ । यस्तो भएमा ब्याट्रीलाई धेरै लोड तथा स्ट्रेस पर्न गई ब्याट्रीको लाइफ घट्न सक्छ । ब्याट्री फुल चार्ज भइसकेपछि पनि चार्जमा जोडिराख्ने बानीले ब्याट्री बिग्रने सम्भावना बढी हुन्छ ।
यदि ब्याट्रीको लाइफ बढाउने हो भने ३० प्रतिशत देखि ८० प्रतिशतको बीचमा ब्याट्रीको चार्ज लेभल कायम राख्नु राम्रो हुन्छ ।
मोबाइलफोनको ब्याट्री सकेसम्म कोठाको तापक्रममा राख्नुपर्छ । जब कि चिसो स्थानमा ब्याट्री डिस्चार्ज हुने सम्भावना बढी हुन्छ ।
ब्याट्रीलाई तातो स्थानमा राख्दा भने यो निकै खतरनाक पनि हुन सक्छ । तातो ठाउँ तथा कुनै पनि इलेक्ट्रोनिक्स डिभाइस, जसको तापक्रम ३५ डिग्रीभन्दा माथि जान्छ, त्यस्ता उपकरणको नजिक राख्नु हुँदैन ।
मोबाइलफोनलाई अपडेट गरिराख्नुपर्छ । अपडेट गर्दा नयाँमा एड्भान्स इनर्जी सेभिङ टेक्नोलोजीहरू थपिएर आएको हुन्छ, जसले ब्याट्रीलाइफ बढाउन मद्दत गर्छ ।नयाँ पत्रिकाले छापेको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!