सुटुक्क विबाह गरेकी सुन्दरी नायिका रेखा थापाले खोलीन् सुटुक्क विबाह गर्नुको रहस्य — OSNepal

सुटुक्क विबाह गरेकी सुन्दरी नायिका रेखा थापाले खोलीन् सुटुक्क विबाह गर्नुको रहस्य

LC (KTM) June 02, 2022 0

काठमाडौँ:

पछिल्लो समय नेपाली नायिकाहरुले सुटुक्क विबाह गरिरहेका छन् ।नायिका रेखा थापा, केकी अधिकारी र वर्षा शिवाकोटीको विबाह आकस्मिक नै भयो । रेखाले कानुनी विबाह गरिन् भने अन्य दुई केकी र वर्षाले पार्टी प्यालेसबाट गरे तर आफ्ना साथीभार्इ र मिडियालाई गुपचुप नै राखे ।

अन्य नायिकाहरुले मिडिया, सेलीब्रेटी, आफन्त साथीभाइृ सबैलाई बोलाएर धुमधामले विबाह गर्ने प्रचलन भन्दा फरक तरिकाले विबाह गरेकाले रेखा, अभिनेत्री केकी अधिकारी, वर्षा शिवाकोटी तथा रेखा थापाको विवाह चर्चाको केन्द्रमा रह्यो।

केकी र वर्षाले भन्दा रेखाले कानूनी रुपमा साधारण शैलीमा विवाह गरिन् ।रेखाले भने आफूले गुपचुप विवाह गर्नुको कारण खुलाउँदै भनिन् कलाकार भइसकेपछि हरेक कुरा सोचेर गर्नु पर्ने बाध्यता सुनाइन् ।

जुन परिवारसँग आफ्नो सम्बन्ध बन्ने हो ती दुवै परिवारका अभिभावकलाई अदालतमा साक्षी राखेर कानूनी विवाह गरेको बताउँदै रेखाले त्यसपछि पनि आफूलाई सकारात्मक शुभकामना आएको भन्दै खुशी व्यक्त गरिन्।

उनले विवाहपछि आफूलाई सकारात्मक उर्जा र शक्ति मिलेको बताएकी रेखाले विवाहले दुई परिवारबीचको सम्बन्ध जोड्ने काम गर्ने भएकाले तामझाम गरेर सबैलाई देखाउनु पर्ने जरुरी नभएको उल्लेख गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर