पूर्व योजनातर्जुमा गोष्ठी सम्पन्न

Posted By OS Nepal || Date: 29 November, 2016

पाल्पा, १४ मङ्सिर । जिल्ला विकास समिति, पाल्पाले आव २०७४/०७५ को पूर्व योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ ।सोमबार जिल्लाका सांसद, राजनीतिक दलका प्रमुख, पूर्व सांसद, सरकारी कार्यालयका प्रमुख तथा सरोकारवाला निकायको उपस्थितिमा गोष्ठी सम्पन्न भएको हो । बस्ती तहबाट छनोट भई आएका योजनालाई नै प्राथमिकताका आधारमा छनोट गर्नुपर्ने सहभागीले बताएका छन् ।

गोष्ठीमा पाल्पा निर्वाचन क्षेत्र नं ३ का सांसद हरिप्रसाद नेपालले बस्तीका योजनालाई प्राथमिकताका आधारमा छनोट गर्नुपर्ने बताउनुभयो । पाल्पाको समग्र विकासका लागि योजना छनोट प्रक्रियालाई अझै प्रभावकारी बनाउनुपर्ने र तल्लो तहदेखि आएका योजनालाई पहिलो प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा समानुपातिक सांसद तुल्सा रानाले गत वर्ष के के सफलता भयो के के सफलता भएन त्यसको समीक्षा हुनुपर्ने, त्यसैलाई आधार मानेर योजना छनोट गर्नुपर्ने बताउनुभयो । आगामी योजना छनोट गर्दा रोजगारमुखी योजना छनोट गरी गरिबी हटाउन सकिने रानाको दाबी छ ।

पाल्पाका स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डेयले योजना छनोट प्रक्रिया प्राथमिकताका आधारमा मात्र छनोट गर्दा सबै क्षेत्रलाई फाइदा पुग्ने बताउनुभयो । गोष्ठीमा उठेका प्रश्नले आफूलाई योजना छनोट प्रक्रियालाई अझ प्रभावकारी कार्यान्वयनमा सहयोग पुगेको बताउनुहुन्छ ।

जिल्लामा सञ्चालित ठूला तथा साना आयोजना मापदण्ड विपरीत सञ्चालन हुँदासमेत नियमनकारी निकाय मौन रहेको उहाँले आँैल्याउनुभयो । आयोजनाको काम सुरु गर्ने तर सम्पन्न नगर्ने गलत परिपाटीको विकास भएकोले त्यसलाई रोक्नुपर्ने उहाँको भनाइ रहेको थियो । रासस

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!