नेपालगञ्ज राजा वीरेन्द्रको शालिक राख्ने विषयमा झडप, केही प्रहरी घाइते — OSNepal

नेपालगञ्ज राजा वीरेन्द्रको शालिक राख्ने विषयमा झडप, केही प्रहरी घाइते

LC (KTM) June 02, 2022 0

नेपालगञ्ज- नेपालगञ्जको धम्बोझी चोकमा तत्कालीन राजा वीरेन्द्रको शालिक राख्ने विषयमा झडप भएको छ । वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको जनाइएको छ । यसक्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले प्रहरीले बाध्य भएर केही राउण्ड हवाई फायर गरेको जानकारी दिँदै केही प्रहरी घाइते भएको र स्थिति नियन्त्रणमा आएको जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर