‘यो वर्षको उत्कृष्ट खेलाडी रोनाल्डोः मेसी आउट’

Posted By OS Nepal || Date: 29 November, 2016

lione-messi-vs-cristiano-ronaldoकाठमाडौंः विश्वका उत्कृष्ट खेलाडीको चर्चा भइराखेका बेला यस वर्ष रोनाल्डोले बाजी मार्ने अनुमान सुरु भएको छ ।

ब्राजिलका प्रशिक्षक टिटेले फिफा वर्ष खेलाडी २०१६ क्रिष्टियानो रोनाल्डो जत्तिको योग्य अन्य खेलाडी नभएको बताएका छन् ।

टिटेले यो वर्षको अवार्डका लागि मेस्सी उत्कृष्ट तीनमा पनि नपर्ने दाबी गरेका छन् । टिटेले अवार्ड पोर्चुगलका कप्तान रोनाल्डोले जित्ने घोषणा मात्र गरेका छैनन् ।

टिटेले दोस्रो र तेस्रो स्थानमा रहने खेलाडीको नाम सोमेत सार्वजनिक गरेका छन् ।

उनका अनुसार दोस्रो स्थानमा ब्राजिलका नेइमार र तेस्रो स्थानमा फ्रान्सका एन्टोनी ग्रिजम्यान रहने छन् । रोनाल्डो, मेस्सी, ग्रिजम्यान र नेइमारसहित फिफा वर्ष खेलाडी २०१६ का लागि २३ जना खेलाडी मनोनयनमा परेका छन् ।

टिटेका अनुसार मेस्सी विश्वका उत्कृष्ट खेलाडी हुन्, तर यो वर्ष रोनाल्डोले बाजी मार्ने छन् । यो वर्ष रोनाल्डोले आफ्नो गोलको जादु देखाएकाले पनि उनले बाजी मार्ने निश्चित भएको उनको ठहर छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!