संविधान संशोधनको बहस चर्किदै जाँदाः माओवादीको पोलिटब्यूरो बैठक

Posted By OS Nepal || Date: 29 November, 2016

maoist-hq-meetingकाठमाडौंः सत्ताको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो बैठक पार्टी मुख्यालय पेरिसडाडँमा बस्दैछ। संविधान संशोधन र संघीयताका विषयमा छलफल गर्न भन्दै बोलाइएको बैठकमा चर्को बहस हुने देखिन्छ ।

बैठकमा संविधान संशोधन, संघीयता सँगै पार्टीको आगामी कार्ययोजनामाथि छलफल गर्ने बताइएको छ । यद्यपी सरकारले तयार पारेको संविधान संशोधनको प्रस्तावप्रति असन्तुष्ट केही नेताले बैठकमा भाडभैलो गर्ने बुझिएको छ ।

केपी ओली नेतृत्वको सरकारलाई गिराएर कांग्रेसको साथमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संविधान संशोधनको प्रतिबद्धता पूरा गर्न नसक्दा सरकार नै संकटमा पुगेको निष्कर्षमा पुगेका छन् ।

केही दिन अघि प्रचण्डले प्रतिबद्धता पूरा गर्न नसके पदमा बसिनरहने बताएपछि सत्ता गठबन्धनमा पुनः संकट आइसकेको अनुमान प्रमुख प्रतिपक्ष दल एमालेले लगाएको छ ।

प्रधानमन्त्री प्रचण्डको यही कमजोरीलाई केन्द्रमा राखेर विपक्षी एमालेले संविधान संशोधनको विपक्षमा वकालत गर्दै आएको छ ।

सँगै मधेसी मोर्चाले आफ्ना माग पुरा नभए आन्दोलनको चेतावनी दिइराखेका बेला प्रधानमन्त्री प्रचण्ड तनावमा छन् । प्रचण्डले अन्य दलसँग सहमति हुन नसकेपछि संविधान संशोधन र संघीयताका विषयमा भने पार्टी भित्रको विवाद मिलाउने पहल गरिराखेका छन् ।

प्रधानमन्त्रीले अघि सारेको संघियताको विषयमा पार्टी नेता टोपबहादुर रायमाझी लगायत सार्वजनिक कार्यक्रममै विरोधमा उत्रिएका छन् । आजको पोलिटब्यूरो बैठकमा यही विषयमाथि बहस हुँदैछ ।

माओवादीकै केही नेताले पाँच नम्बर प्रदेश छुट्याउनु नहुँने अडान लिएपछि प्रधानमन्त्रीको संविधान संशोधन प्रस्ताव असफल हुने पक्का जस्तै देखिएको बेला भएको पोलिटब्यूरो बैठकलाई महत्वका साथ हेरिएको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!