इमान्दारिता देखाउँदा पनि गठवन्धनबाटै धोका भयो अब अहंकार देखाउनेहरु भष्म हुन्छन् : माधव नेपाल — OSNepal

इमान्दारिता देखाउँदा पनि गठवन्धनबाटै धोका भयो अब अहंकार देखाउनेहरु भष्म हुन्छन् : माधव नेपाल

LC (KTM) June 02, 2022 0

काठमाडौं १९ जेठ । नेकपाका एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले आफुले इमान्दारिता देखाएपछि गठबन्धन दलहरुबाटै धोका पाएको बताएका छन् ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि तथा कार्यकर्तालाई प्रशिक्षण दिन बिहीबार सुर्खेत पुगेका नेपालले आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । धेरै अहंकार देखाउनेहरु भष्म हुने भन्दै नेपालले सुध्रिन आग्रह समेत गरेका छन् ।

धोका दिने तरिका विभिन्न पार्टीहरुले यसपटक पनि अंगालेका बताएका उनले भने, ‘उहाँहरुलाई भन्न चाहान्छु, बेइमानी नगर्नुस् । बेइमानी गरे तपाईंहरुको पनि हरि बिजोग हुनेवाला छ । ती पार्टीहरु भस्म हुनेछन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर