सावधान ! अध्यारोमा स्मार्टफोन चलाउँदा यो अंगमा असर पर्छ

Posted By OS Nepal || Date: 29 November, 2016

एजेन्सी । कतिपय अवस्थामा तपाइँलाई लुकी लुकी स्मार्टफोन चलाउने अवस्था हुन सक्छ । खासगरी घरमा बाबु आमा वा होष्टलमा वार्डेनले नदेखोस् भनेर अध्यारोमा बसेर फोन चलाउनु हुन्छ भने यस्तो बानी आजै देखि छोड्नुस् । smart-phone-in-darkness-1अध्यारोमा स्मार्टफोन चलाउँदा घातक असर पर्ने एक अध्यनले देखाएको छ । न्यू इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एक शोधका अनुसार अध्याँरोमा स्मार्टफोन चलाउँदा पहिलो असर आँखामा पर्छ ।

अध्याँरोमा फोन चलाउनेहरुलाई दृष्टिको समस्या हुने समेत अध्यनको निष्कर्ष छ । यस्तो रोगलाई ‘ट्रान्जिएन्ट स्मार्टफोन ब्लाइन्डनेस’ को सज्ञा दिएका छन् । जर्नलमा प्रकाशित रिपोर्ट भन्छ लगातार अध्यारोमा बसेर स्मार्टफोन चलाउँदा केही समयका लागि नदेख्ने अनि फेरि देखिने र पुनः त्यस्तै हुने रोग हुन सक्छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!