जल तथा मौसम विभागले भन्यो - आन्तरिक उडानको ‘इनरुट फोरकास्ट’ गर्न सकिन्न — OSNepal

जल तथा मौसम विभागले भन्यो – आन्तरिक उडानको ‘इनरुट फोरकास्ट’ गर्न सकिन्न

LC (KTM) June 02, 2022 0

काठमाडौं १९ जेठ । नेपाल नागरिक उड्डयन प्राधिरकणले भने जस्तो आन्तरिक उडानको ‘इनरुट फोरकास्ट’ गर्न नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

शुक्रबार एक सुचना जारी गर्दै विभागले प्रविधि र जनशक्तिको अभाव रहेकोले यस्तो गर्न नसकिने बताएको छ । अन्तराष्ट्रिय उडानका लागी भने आवश्यक मौसमी सूचना तथा इनरूट पूर्वानुमान दिँदै आएको विभागले आन्तरिक हवाई उडानको लागि भने काठमाडौं विमानस्थलको मौसम अवलोकन सूचना मात्र दिने जनाएको छ ।

हाल उपलब्ध जनशक्ति र प्रविधिहरुको माध्यमबाट आन्तरिक उडानका लागि मौसमी सूचना मात्र दिन सकिने बताएको विभागले दैनिक क्षेत्रगत मौसमी अवस्थाको ब्रिफिङ मात्र गर्न सकिने सुचनामा उल्लेख गरेको छ ।

सरकारले यही जेठ १५ गते तारा एयरको विमान दुर्घटना पछि इनरुट सफा नभएसम्म उडान नगर्न निर्देशन दिएपछि त्यसको सुचना कसले दिने भनेर अन्योलमा परेको छ । जसको कारण पहाडी र हिमाली क्षेत्रमा हुने उडान प्रभावित बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर