अष्ट्रेलियामा हेलिकप्टरबाट खिचिएको बहुप्रतिक्षित भिडियो ‘गोरेटो’को सार्बजनिक [भिडियो]

Posted By OSNepal, California, USA || Date: 29 November, 2016

काठमाडौँ । पछिलो समय नेपाल बाहिर बसेर प्रतिकुलता संगै नेपाली गीत संगीतको छेत्रमा अनबरत लाग्ने व्यक्तिवहरु बढ्दै गएका भेटिन थालेका छन् त्यहि मध्येको एक हुनुहुन्छ सुमधुर स्वरकी धनि गायिका ‘अबुन पाण्डे’  गायिका पाण्डेले आफ्नै शब्दमा तथा स्वरमा ‘गोरेटो’ गीत को म्युजिक भिडियो सार्बजनिक गर्नु भएको छ ।

जुन भिडियोलाई अस्ट्रेलियाको ‘कुइन्स ल्याण्ड’ सहरको बिभिन्न रमणीय स्थानमा अष्ट्रेलियन प्राबिधिकहरुद्वारा अत्याधुनिक ‘ड्रोन’ को प्रयोग गरि छायांकन गरिएको थियो ।

जसको निर्माणको क्रममा निर्देशक जीवन रसाइली सहितको टोलीले २/३ दिन लगातर मिहेनेत गरेका थिए पछिलो समय नेपालका चर्चित गायकहरुलाई आफ्नो संगीतमा गीत गाउन सफल संगीतकार टिका दाहालले यस संगीत गर्नु भएको छ निकै व्यस्त रहदै आउनु भएका अन्तरट्रीय नेपाली कलाकार समाज कुइन्सल्याड अष्ट्रेलियाका प्रमुख तथा मोडल ‘राजु कान’ले यस गीतमा अभिनय गरेका छन् ।

उनलाई भर्खरै मात्र डेब्यु गरेकी नयाँ अनुहारकी मोडल ‘इरोमा श्रेष्ठ’ले साथ् दिएकी छिन । ‘गोरेटो’को निर्देशन अस्ट्रेलियामा आजकल अति ब्यस्त मानिने निर्देशक जीवन रसाइलीले गरेका हुन् भिडियोलाई पि.एन.पि मिडिया हाउसको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!