नेपालगंजमा स्थापित स्वर्गवासी राजा वीरेन्द्रको सालीक जनस्तरको सम्मान र श्रद्धाञ्जली हो — OSNepal

नेपालगंजमा स्थापित स्वर्गवासी राजा वीरेन्द्रको सालीक जनस्तरको सम्मान र श्रद्धाञ्जली हो

LC (KTM) June 02, 2022 0

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुन सुन्दर लावतीले नेपालगंजमा जनस्तरबाट स्थापित स्वर्गवासी राजा वीरेन्द्रको सालीक हटाएर सरकार लोकसम्मति, नेपाली संस्कार र सँस्कृति प्रतिकूल गएको बताएका छन् ।

‘नेपालगंजमा स्थापित स्वर्गवासी राजा वीरेन्द्रको सालीक जनस्तरको सम्मान र श्रद्धाञ्जली हो । नागरिकको अभिव्यक्ति, संवेदना कुण्ठित गर्नु लोकसम्मति, इतिहास, नेपाली संस्कार र सँस्कृति प्रतिकूल छ,’ प्रवक्ता लावतीले बिहीबार ट्वीट गर्दै भने ।

‘आम नेपालीको स्नेह, श्रद्धा र आस्थाका धरोहर स्वर्गवासी राजाको सालीक सरकारले बल प्रयोग गरेर हटाउनु निन्दनीय छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर