श्रीमान्ले ढुङ्गाले हाँन्दा श्रीमती गम्भीर घाइते
गुल्मी, १४ मङ्सिर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएसँगै एक व्यक्तिले श्रीमतीलाई कुटपिट गरेका छन् । छापहिले गाविस– १ निवासी २२ वर्षीय कुमार गिरीले आफ्नी २० वर्षीया श्रीमती सरा ज्ञवालीलाई कुटपिट गरेका हुन् । गिरीले प्रहार गरेको ढुङ्गाले टाउकामा लाग्दा गम्भीर घाइते भएकीले उनको इलाका स्वास्थ्य चौकी इश्मा रजस्थलमा उपचार भइरहेको छ ।
पीडितका आफन्तले इश्मा प्रहरी चौकीमा दिएको उजुरीका आधारमा अभियुक्त गिरीलाई प्रहरीले पक्राउ गरेको छ । घरमा पतिले कुटपिट गरेपछि चार महिनादेखि आफू माइतीघरमा बस्दै आएको पीडितले बताइन् ।
माइतीघर इश्मा रजस्थल– ४ मा बस्दै आएकी उनलाई घर जान आग्रह गरेको तर घर जान नमानेपछि कुटपिट गरिएको गिरीले बताएकी छन् । रासस
.
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!