पुनःसंरचना गर्दा समुदायको मागलाई बेवास्ता नगर्न आग्रह

Posted By OS Nepal || Date: 29 November, 2016

काठमाडौँ, १४ मङ्सिर । व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदले स्थानीय निकायको सङ्ख्या र सीमाको पुनःसंरचना गर्दा स्थानीय समुदायका मागलाई सम्बोधन गर्न आग्रह गर्नुभयो । उहाँहरुले भ्ूाकम्प गएको लामो समय बितिसक्दा पनि वास्तविक भूकम्पपीडितले आवास निर्माण गर्न राहत नपाएको, कोसी वन्यजन्तु क्षेत्रमा हात्ती आतङ्क बढेको र कञ्चनपुरको महाकाली नदीको चियानघाटमा भारतीय सेना बसेकामा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँहरुले विदेशी वस्तुभन्दा घरेलु उत्पादनका वस्तु प्रयोगमा ध्यान दिन, लैङ््िगक हिंसाविरुद्धको १६ दिने अभियान सफल बनाउन र काठमाडौँ उपत्यकाको सडक विस्तार गर्दा खानेपानी, ढल र सडक बत्तीको समन्वयात्मक रुपमा काम गर्न सरकारलाई सुझाव दिनुभयो ।

यसरी धारणा राख्ने अनुराधा थापा मगर, अशोककुमार मण्डल, कलोसादेवी महरा, कान्ता भट्टराई, कुमारीलक्ष्मी राई, केदारप्रसाद सञ्जेल, केशरी घर्ती मगर र कमलप्रसाद पङ्गेनी हुनुहुन्थ्यो ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!