नेपालगन्ज उपमहानगरपालिका कार्यालय भवन उद्घाटन

Posted By OS Nepal || Date: 29 November, 2016

नेपालगन्ज, १४ मङ्सिर । नगर विकास कोष र जर्मन सरकारको सहयोगमा नेपालगन्ज उपमहानगरपािलका कार्यालयको नवनिर्मित भवन आजदेखि सञ्चालनमा आएको छ ।banke-600x0

करिब रु तीन करोड १२ लाखको लागतमा निर्मित २५ कोठे तीन तले सो भवनको आज यहाँ सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव नरसिंह केसीले उद्घाटन गर्दै जनताको काम छिटोछरितो सम्पन्न गर्न नयाँ भवन सोही अनुसार डिजाइन गरिएको छ भन्नुभयो ।

साउथ एसिया डेस्कका प्रतिनिधि ऐन्नेकेट फ्रिकले नवनिर्मित भवनबाट जनताको काममा छरितोपन आउने विश्वास व्यक्त गर्नुभयो । रासस

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!