महिला, पुरुष मृत भेटिए

Posted By OS Nepal || Date: 29 November, 2016

भक्तपुर, १४ मङ्सिर । अनन्तलिङ्गेश्वर नगरपालिका –११ स्थित दधिकोट अरनिको उमाविसँगै आज एक पुरुष मृत अवस्थामा भेटिएका छन् । स्थानीयवासीमाझ कुमार विक भनेर चिनिने अन्दाजी ५२ वर्षका ती पुरुषको वास्तविक नाम र ठेगाना खुल्न नसकेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

यता, भक्तपुरको सूर्यविनायकमा आकाशे पुलमुनि आजै करिब ५५ वर्षकी एक महिला मृत अवस्थामा भेटिएकी छिन् । उनको पनि नाम र ठेगाना खुल्न सकेको छैन । प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइँले दुबै शव परीक्षणका लागि शिक्षण अस्पताल पठाइएको जानकारी दिनुभएको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!