पूर्वाञ्चलमा रासायनिक मल पर्याप्त मौज्दात

Posted By OS Nepal || Date: 29 November, 2016

विराटनगर, १४ मङ्सिर । गहुँखेतीका लागि पूर्वाञ्चलमा रासायनिक मल पर्याप्त मौज्दात रहेको छ । यस क्षेत्रका विभिन्न गोदाममा १३ हजार मेट्रिक टन युरिया, तीन हजार ५६५ मेट्रिक टन डिएपी र एक हजार १६५ मेट्रिक टन पोटास मौज्दात छ । गत आवमा पूर्वाञ्चलको एक लाख १०१ हेक्टरमा गहुँखेती गरिएको थियो । rasayanik-mal-chemical-fertरासायनिक मलको आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी र साल्टट्रेडिङ लिमिटेड कार्यालय विराटनगरले रासायनिक मल पर्याप्त मौज्दात रहेको जनाएको छ । विभिन्न जिल्लास्थित गोदाममा पाँच हजार ८८५ मेट्रिक टन युरिया, तीन हजार ६५ मेट्रिक टन डिएपी र ९१५ मेट्रिक टन पोटास मौज्दात रहेको र पुस महिनाको मध्यसम्ममा थप डिएपी मल आपूर्ति गरिने कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालयका प्रमुख अजय श्रीवास्तवले जानकारी दिनुभयो ।

यस्तै साल्टट्रेडिङ लिमिटेड विराटनगरका प्रमुख नवीनचन्द्र झाकाअनुसार सात हजार ५०० मेट्रिक टन युरिया, ५०० मेट्रिक टन डिएपी र २५० मेट्रिक टन पोटास मौज्दात रहेको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!