मागभन्दा बढी विद्युत उत्पादन हुन थालेपछि प्राधिकरणले भारतलाई बिजुली बेच्यो — OSNepal

मागभन्दा बढी विद्युत उत्पादन हुन थालेपछि प्राधिकरणले भारतलाई बिजुली बेच्यो

LC (KTM) June 02, 2022 0

काठमाडौं १९ जेठ । मागभन्दा बढी विद्युत उत्पादन हुन थालेपछि नेपाल विद्युत प्राधिकरणले भारतलाई बिजुली बेच्न थालेको छ ।

वर्षा सुरू भए बिजुली आपुर्ती बढेपछि प्राधिकरणले बुधबार राति १२ बजेदेखि प्राधिकरणले ३९ मेगावाट विद्युत भारतीय बजारमा बिजुली बेच्न थालेको हो । आयात भने बन्द रहेको छ ।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले दिएको जानकारी हाल नेपालमा १२५० देखि १३०० मेगावाटसम्म विद्युत उत्पादन भइरहेकोमा साँझ-बिहानको समयमा १४३८ मेगावाट विद्युत माग हुने छ ।

पिक आवरमा माग बढी भए पनि प्राधिकरणमा रहेका विभिन्न रिजर्भवेयरहरूबाट प्राधिकरणले पूर्ति गरिरहेको पनि उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर