हेटौँडामा सवारी दुर्घटना हुँदा एकको मृत्यु

Posted By OS Nepal || Date: 29 November, 2016

हेटौँडा, १४ मङ्सिर । हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना१ज २९५८ नंको सुमो जिप हेटौँडा–कुलेखानी सडकखण्डको हेबी भन्ने स्थानबाट करिब ६० फिट तल खस्दा जिपमा सवार एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

मृत्यु हुने यात्रुको नाम, ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो जिपमा यात्रा गरिरहेका करिब १० जना यात्रु गम्भीर घाइते भई थप उपचारका लागि काठमाडौँतर्फ पठाइएको प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो । रासस

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!