अक्षय कुमारको ‘सम्राट पृथ्वीराज’लाई अर्को झट्का, फिल्मलाई लाग्यो प्रतिबन्ध — OSNepal

अक्षय कुमारको ‘सम्राट पृथ्वीराज’लाई अर्को झट्का, फिल्मलाई लाग्यो प्रतिबन्ध

LC (KTM) June 02, 2022 0

अक्षय कुमार र मानुषी छिल्लर अभिनित फिल्म ‘सम्राट पृथ्वीराज’ भोलि अर्थात जुन ३ मा रिलिज हुँदैछ । फिल्ममा यी दुई दिग्गज कलाकारसँगै सञ्जय दत्त र सोनू सुद पनि देखिएका छन् । लामो समयदेखि यो फिल्मको चर्चा भएपनि रिलिजअघि नै अक्षयको यो फिल्म विवादमा परेको छ । पहिलो फिल्ममा गुज्जर समाज र राजपूत समाज आमने सामने आएका थिए । यसपछि करणी सेनाले फिल्मको शीर्षकलाई लिएर विरोध गरेको थियो, त्यसपछि निर्माताले फिल्मको नाम ‘पृथ्वीराज’बाट बदलेर ‘सम्राट पृथ्वीराज’ राख्नुपरेको थियो ।

यो सँगै फिल्म प्रतिबन्धको खबर पनि बाहिर आएको छ । खबर अनुसार अक्षयको फिल्म ‘सम्राट पृथ्वीराज’लाई दुई देशले प्रतिबन्ध लगाएको छ जसमा कुवेत र ओमान जस्ता देशको नाम पनि समावेश छ । रिपोर्टका अनुसार यसबारे जानकारी दिँदै एक स्रोतले भन्यो– ुयो धेरै दुर्भाग्यपूर्ण छ कि यी देशहरूले यो फिल्मलाई प्रतिबन्ध लगाएको छ। साथै स्रोतले भन्यो, ‘हाम्रा गौरवशाली हिन्दू सम्राट पृथ्वीराजको जीवन र साहसमा आधारित यो चलचित्र कुवेत र ओमान जस्ता केही अन्तर्राष्ट्रिय बजारमा प्रतिबन्धित हुनुभन्दा दुःखको कुरा के हुन सक्छ ।

यी देशले फिल्म रिलिज हुनुअघि नै यस्तो अडान लिएको देखिन्छ । साथै, स्रोतले थप भन्यो, ुहाम्रो देशका महान् सम्राट पृथ्वीराज चौहानको जीवनले भारतीयहरू सधैं सही कुराको पक्षमा उभिएको र आफ्नो देशलाई निर्दयी मानिसहरू र आक्रमणकारीहरूबाट बचाएको प्रमाण होु।‘हाम्रो देशका जनतालाई मात्र लुट्न र मार्न चाहनेलाई सम्राटले सधैं पराजित गरे’, स्रोतले भन्यो । ‘यदि यो देशले उनको जीवनको कथालाई प्रतिबन्ध लगाएको छ भने जनताले इतिहासलाई किन हेर्दैनन्, भारत र हिन्दूको के भयो भनेर किन विचार गर्दैनन्’ भन्ने प्रश्न मात्रै उठ्छ । यता, फिल्मको कुरा गर्ने हो भने यसलाई डाक्टर चन्द्रप्रकाश द्विवेदीले निर्देशन गरेका हुन् । यो हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर