द्वन्द्वपीडितका लागि थप राहतको व्यवस्था मिलाउछु: मन्त्री यादव

Posted By OSNepal, California, USA || Date: 29 November, 2016

इलाम, १४ मङ्सिर । शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवले सशस्त्र द्वन्द्वमा मारिएका व्यक्तिका परिवारको लागि थप राहतको व्यवस्था मिलाउन आफू लागिपरेको बताउनुभएको छ । शान्ति समिति इलामले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा उहाँले द्वन्द्वपीडित परिवारले रु तीन लाख र पाँच लाख मात्रै पाएको गुनासो आएकाले ढिला नगरी थप राहतको व्यवस्था गरिएको बताउनुभयो ।

मन्त्री यादवले सशस्त्र द्वन्द्वको घाउ अझै निको भइनसकेकाले आपसी सद्भावको विकास गर्दै अघि बढ्नुपर्नेमा जोड दिदैं सशस्त्र द्वन्द्वका क्रममा अङ्गभङ्ग भएका व्यक्तिहरूको अङ्ग प्रत्यारोपण, विस्थापित भएकाहरूको पुनर्वास, बेपत्ता पारिएकाहरूको सत्य तथ्य छानविन र घाइते भएकाहरूको उपचार गर्न ढिलाई नगरिने बताउनुभयो । द्वन्द्वकालमा ध्वस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माणका काम पनि अघि बढाइने उहाँले भन्नुभयो ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!