कोलम्बियामा दुर्घटनाग्रस्त बिमानः जसमा मेस्सीसहित अर्जेन्टिनी टिमले पनि भर्खरै मात्र यात्रा गरेको थियो

Posted By OS Nepal || Date: 29 November, 2016

accident-plane-1काठमाडौं, १४ मंसिर- ब्राजिलियन खेलाडीहरुसहित ७६ जनाको ज्यान जानेगरी भएको दुर्घटनाग्रस्त बिमानमा अर्जेन्टाइन सुपरस्टार लियोनल मेस्सीले हालसालै यात्रा गरेको खुलेको छ ।जुन कुराको पुष्टि बार्सिलोनाले गरेको बताइएको छ ।

ब्राजिलको चापेकोएन्सी फुटबल क्लवका खेलाडी र अफिसियललाई बोकेर बोलिभियाबाट कोलम्बियाका लागि उडेको बिमान दक्षिण अमेरिकी क्लव फुटबलको फाइनलका लागि कोलम्बिया जाँदै थियो ।

अर्जेन्टिनाको खेलपत्रिका स्पोर्टका अनुसार मेस्सी र अर्जेन्टिनाको राष्ट्रिय टोलीले विश्वकप छनौटको ब्राजिलबिरुद्धको खेलका लागि ब्राजिल जान यही बिमानको प्रयोग गरेको बताएको छ । मेस्सीले त्यस जहाजका क्रु मेम्बर लगायत आफ्ना बार्सिलोनाका टिममेटसँग जाभियर मास्केरानोसँग सेल्फीसमेत लिएका थिए ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!