चरेससहित एक महिला पक्राउ

Posted By OS Nepal || Date: 29 November, 2016

जाजरकोट, १४ मङ्सिर । चार किलो पाँच सय ग्राम चरेससहित प्रहरीले आज बिहान एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खगेनकोट–१ की ४४ वर्षीया डम्बरी शाही रहेको प्रहरीले जनाएको छ ।

शाहीलाई भेरीमालिका–१ कालगाउँहुँदै भेरी नदीको साँघु तरेर रुकुम जान लागेको अवस्थामा उक्त परिमाणको चरेससहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!