बिमान दुर्घटनामा परी २० जना खेलाडीको निधन भएपछि ब्राजिलमा ३ दिने राष्ट्रिय शोकको घोषणा

Posted By OS Nepal || Date: 29 November, 2016

एजेन्सी- फुटबल प्रतियोगितामा सहभागी हुन जाने क्रममा आफ्ना देशका खेलाडी विमान दुर्घटनामा परेर मृत्यु भएपछि ब्राजिल सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ ।

राष्ट्रपति मिसेल टेमेरले विमान दुर्घटनाका कारण ब्राजिलियन परिवारले भोग्नु परेको दुःखको घडीमा आफू पनि संगै रहेको बताएका छन्।

कोपा सुदामेरिकाना खेल्न बोलिभियाबाट उडेको विमान कोलम्बियाको मेडेलिन शहरको केरो गोर्डेन भन्ने ठाँउको एउटा डाँडोमा गएर ठोक्किएपछि दुर्घटनामा २० खेलाडीको निधन भएको थियो ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!