सरकारले गर्यो संविधान संशोधन विधेयक दर्ता, विधेयक परिपक्व हुन पाँच दिन लाग्ने

Posted By OS Nepal || Date: 29 November, 2016

काठमाडौँ, १४ मङ्सिर । सरकारले संविधान संशोधनसम्बन्धी विधेयक सिंहदरबारस्थित व्यवस्थापिका–संसद् सचिवालयमा आज साँझ दर्ता गरेको छ ।

मन्त्रिपरिषद्को बैठक सकिएपछि विधेयकको प्रस्ताव सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहप्रवक्ता होमबहादुर केसीले सचिवालयको विधेयक शाखामा दर्ता गराउनुभएको हो ।

नेपालको संविधानको धारा २९६ बमोजिम सो विधेयकको प्रस्ताव आएको हो ।

सचिवालयका शाखा अधिकृत त्रिविक्रम पराजुलीले विधेयक दर्ता गर्दै सो विधेयक परिपक्व हुन पाँच दिन लाग्ने व्यवस्था रहेको बताउनुभयो । सो विधेयकको दर्ता नं २८ रहेको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!