कास्की जेलमा ‘सेक्स’ फेसिलिटी, याैन सम्पर्कपछि हाेटलबाटै भागे कैदी ! अस्पतालबाट भागेको नाटक

Posted By OSNepal, California, USA || Date: 29 November, 2016

ओएस नेपाल, पोखरा, १४ मङ्सिर । उपचार गर्न लगिएका कास्की कारागारका कैदी पुष्कर खड्का अस्पतालबाट भागे । केही दिनअघि यस्तै खबर सहरमा फैलियो ।

तर उनी अस्पतालबाट नभई होटलबाट भागेको पत्ता लागेको छ । स्रोत भन्छ, ‘अस्पतालमा उपचारका लागि नभई उनलाई युवती भेट्ने मौका दिन होटल पुर्‍याइएको थियो ।’

दाँतको उपचार गर्न भनी प्रहरीले लैजाँदा खड्का गण्डकी शिक्षण अस्पतालको चर्पीबाट भागेको कास्की कारागारले बताएको थियो । तर स्रोतका अनुसार उनलाई यौनतृष्णा मेट्ने मौका दिन मंसिर ९ गते न्युरोडको होटल दीपसागर पुर्‍याइएकोमा त्यहींबाट भागेका थिए । कारागार सुरक्षामा नेपाल प्रहरी खटिएको हुन्छ ।

तर कैदीलाई उपचारका लागि बाहिर ल्याउने वा नल्याउने अधिकार कारागार प्रशासनसँग हुने प्रावधान कारागार व्यवस्था ऐनमा छ । जेल प्रशासनसँग अनुमति लिएरमात्रै प्रहरीले कैदीलाई बाहिर निकाल्ने र सुरक्षाकर्मी खटाउँछ । खड्का भागेपछि कास्की कारागार प्रमुख हरिप्रसाद गौतमले खड्का अस्पतालबाट भागेको ‘कहानी’ मिडियाकर्मीलाई सुनाएका थिए ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!