एमालेलाई एक्ल्याएर संविधान संशोधन सम्भव छैनः नेता खनाल

Posted By OS Nepal || Date: 30 November, 2016

सिमरा, १५ मङ्सिर । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले (एमाले) लाई एक्ल्याएर संविधान संशोधन सम्भव नभएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल बाराले सिमरा विमानस्थलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले राष्ट्रिय सहमतिका लागि संविधान संशोधन गर्ने कुराको कुनै अर्थ नरहेको बताउनुभयो ।

वरिष्ठ नेता खनालल संविधान कार्यान्यवनका लागि राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिदैं एमालेको सहमति बिना कसैले संविधान संशोधनको प्रयास गरे त्यसको प्रतिवाद गर्ने भन्नुभयो ।

संविधान संशोधनमा सत्तारुढ दलले पुर्नविचार गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो – एमालेसँग सहमति गरी अघि बढ्नुको विकल्प छैन् । रासस

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!