आजको रासिफल – बि.स. २०७३ मंसिर १५ गते ।

Posted By OS Nepal || Date: 30 November, 2016

durga osnepal horoscopeओएस नेपाल, क्यालिफोर्निया – बि.स. २०७३ मंसिर १५ गते । बुधबार । ईश्वी सन् २०१६ नोभेम्बर ३० तारिख । नेपाल सम्बत् १९३७ । सौम्यनाम संवत्सर । दक्षिणायनं । हेमन्त ऋतु । श्रीशाके १९३८ । मार्गशिर्ष शुक्ल पक्ष । तिथि प्रतिपदा ३० घडी ५९ पला । नक्षत्र ज्येष्ठा ४९ घडी २८ पला । काठमाडौंमा सूर्योदय ०६ बजेर ३८ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ०६ मिनेट जादा । दिनमान २६ घडी १२ पला । चन्द्ररासि बृश्चिक ।

मेष (चू ,चे, चो, ला, लि, लू, ले, लो, अ) रुपैया पैसा लेनदेन तथा सापटि लिने दिने काम नगर्नुहोला रुपैया पैसाकै कारण साथिभाई तथा आफन्त सँग मनमुटाब बढ्नेछ । बाटो हिड्दा तथा सवारि साधन चलाउँदा ध्यान दिनुहोला कुनै पनि बेला अप्रिय घटना घट्न सक्छ । स्वास्थमा समस्या आई अस्पताल धाउनु पर्ने हुँदा बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु हाबि हुनेछन् । संकट ब्याबस्थापनको लागि चालिएका कदम हरु निरर्थक हुनेछन् । घर परिवारमा आउँने समस्याले ब्यापार ब्याबसायमा लगानि गर्ने बाताबरण बन्ने छैन भने नयाँ काम गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिनुहोला ।

बृष (ई,ऊ, ए,ओ, वा, वी, वू, वे, वा) ब्यापार बिस्तारको सवालमा ब्यापारिक तथा पारिवारिक यात्राको तय हुनेछ भने साझेदारि ब्याबसायमा प्रशस्त नाफा कमाउन सकिनेछ । पर्यटन सम्बन्धि ब्याबसाय फस्टायर जानेछ । पढाई लेखाईमा ध्यान जानुका साथै खोज मुलक क्षेत्रमा रुचि बढ्नेछ । साथिभाई तथा आफन्तजनबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ भने शुभ तथा मांगलिक कार्यमा सहभागि भई मिठा मिठा परिकार ग्रहण गर्ने अवसर जुर्नेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ ।

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को, हा) कुनै पनि क्षेत्रमा हुने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई पुरस्कार जित्न सकिनेछ । अदालतबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने सत्रु परास्त हुनेछन् । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले आज बिपक्षीहरुलाई सजिलै हरायर समाजमा आफ्नो प्रभुत्व जमाउँन सकिनेछ । ब्यापारमा प्रशस्त लगानि बढाउन सकिने हुँदा आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । बिद्यामा चाहेजस्तै प्रगति गर्न सकिनेछ । कुरा काट्ने तथा खुट्टा तान्नेहरु तपाईकै प्रशंषा गर्दै हिड्नेछन । ऋण, रोग तथा सत्रुबाट छुटकरा मिल्नेछ ।

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो) बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझउनु पर्नेछ । अध्ययन अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले बिग्रनेछ ध्यान दिनुहोला । बाहिरि बाताबरणमा घुलमिल हुन नसक्दा सामान्य स्वस्थ्य सम्बन्धि समस्या बढ्नेछ । प्रेम प्रशङमा शंका तथा अबिश्वास सिर्जना हुनेछ भने तपाईको दाम्पत्य जीवन बिगार्न आफन्त तथा घर भित्रकै मानिसहरु लागि पर्नेछन् । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा सहयोग हुनेछ भने ब्यापार ब्याबसायमा लगानि बडाउँदा राम्रो प्रतिफल पाईनेछ ।

सिहं (मा, मी, मू , मे, मो, टा, टी, टू , टे ) आधुनिक कृषि तथा पशुपालन ब्याबसाय फस्टाएर जानेछ भने अरु ब्याबसायमा नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ । सवारि साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउन बढिनै मेहनेत गर्नु पर्नेछ । आमा, आफन्त तथा आत्मिय मित्रहरु सँग टाडिनु पर्दा मन खिन्न हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । राजनिति तथा समाजसेवामा जनताको मन जित्न राम्रा काम गर्दा गर्दै पनि बिपक्षीहरुले अनाबस्यक भ्रम सिर्जना गरेर तपाईको साख गिराउन खोज्नेछन् ख्याल गर्नुहोला ।

कन्या (टो, पा, पी, पू , ष,ण, ठ, पे, पो) पराक्रम बढ्नेछ । बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुनेछ । मुद्दा मामिला तथा न्यालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने आर्थिक कारोबारहरु फस्टाएर जानेछ । पढाई लेखाईमा अरु दिन भन्दा मन जाने हुँनाले बिद्यालय तथा शैक्षिक क्षेत्रमा तपाईको खुबिको प्रशंसा हुनेछ । छोटो रमाईलो तथा महत्वपुर्ण यात्राको तय हुनेछ । माया प्रेम तथा पति पत्नि बिच बिश्वासको बाताबरणमा थप प्रगाडता आउनेछ । जिवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ ।

तुला ( रा, री, रु, रे, रो, ता, ती, तू ,ते¬) गलत ब्याक्तिको सल्लाह तथा सुझाब मान्दा तपाईबाट आत्मघाति निर्णयहरु हुनेछन् भने ति निर्णयहरुको सर्बत्र आलोचना हुनेछ । आफन्तजन तथा कुटुम्बहरु तपाईको ब्याबहारले टाडिन सक्छन् । बिद्या तथा प्रतिश्पर्धामा मेहनेत गरेअनुशार नतिजा निकाल्न प्रशस्त समय खर्चिनु पर्नेछ । बोल्दा ध्यान दिनुहोला खरो बोली बोल्दा काम बिग्रन तथा बोलिको प्रभाब घट्न सक्छ । माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा सामान्य खटपट हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउनेछ ।

बृश्चिक (तो, ना, नी, नू , ने, नो, या,यी, यू) आफ्नो सिर्जना अरुले मन पराई दिनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा ठुलो प्रगति गर्न सकिनेछ भने सबैतिरबाट तपाईको काममा सहयोगको हुनेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ । बिद्यामा सोचेजस्तै प्रगति हुनेछ । राजनितिक सभा समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ भने समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ ।

धनु (ये, यो, भा, भी, भू , ध, फा, ढा, भे) स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने तथा औषधि उपचार खर्च बढेर जाने हुँनाले आर्थिक ब्याबस्थापन गर्न अलि गाह्रो पर्नेछ । ब्यापार ब्याबसायमा बैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने लामो दुरिको यात्राको तय हुनेछ । परिवार तथा आफन्तजन तपाइको ब्याबहार देखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । प्रेम प्रशंगमा घटपट हुनेछ भने एक अर्कालाई शंकाको दृष्टिले हेर्दा मायामा अबिश्वास सिर्जना हुनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू,खे, खो, गा, गी¬) अधुरा कामहरु पूरा हुनुका साथै नयाँ कामका अवसर आउनेछन् । ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । बिषेश गरि तरल पदार्थ तथा खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरुको ब्याबसाय फस्टायर जानेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् । सवारी साधन प्राप्तिको योग रहेको छ । बिद्या तथा प्रतिश्पर्धामा तपाईकै जित हुनेछ । बिभिन्न किसिमका भौतिक साधनहरु लाभ हुनेछन् । प्रेम प्रशङगले दिन रमाईलोका साथ बित्नेछ । पारिवारिक माहोलको क्रममा मिठा मिठा परिकारको स्वाद लिदै दिन कटाउँन सहज हुनेछ ।

कुम्भ (गू , गे , गो, सा, सी, सू , से, सो, दा) समाज तथा राष्ट्रमा सम्मानजनक भुमिका निर्बाह गर्नु पर्नेछ भने निर्णायक पदमा हुनुहुन्छ भने आजको तपाईको निर्णय सबैलाई मान्य हुनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । कृषि तथा पशुपालन ब्याबसायबाट राम्रै आम्दानि हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो झन गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने पारिवारिक जमघटमा सहभागि भई मिठा मिठा परिकार ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

मीन (दी दू थ झ ञ दे दो चा ची ) लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन सक्छ । सामाजिक कामको सिलसिलामा ब्यास्त हुने समय रहेको भएपनि प्रतिफल शुन्य जस्तै हुनेछ । राजनिति तथा समाजसेवामा गरिएको लगानि बालुवामा पानि जस्तै हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथिहरुबाट आलोचना खप्नु पर्नेछ । राज्यसँग सम्बन्धित कामगर्दा ध्यान दिनुहोला झन्झटिलो प्रकृया तथा अनाबस्यक मुद्दा मामिला बेहोर्नु पर्ने हुनसक्छ ।

रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् मस्त रहनुहोस् स्वस्थ रहनुहोस धन्यबाद ।

ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्ष सेवा केन्द्र
लगनखेल, ललितपुर

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!