बागमती प्रदेशसभा बैठक : सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित — OSNepal

बागमती प्रदेशसभा बैठक : सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

LC (KTM) June 02, 2022 0

बागमती-बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकले सरकारको आगामी आवको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी र अन्य दलका नौ जना प्रदेशसभाका सदस्यले संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो । बैठकमा नेकपा (एमाले)का तर्फबाट सात जना, विवेकशील साझा पार्टीका एक जना र नेमकिपाका एक जना गरी नौ जना प्रदेशसभा सदस्यले संशोधन प्रस्ताव दर्ता गराउनुभएको हो ।

उहाँहरुले सरकारको नीति तथा कार्यक्रमको १५ वटा बुँदामा संशोधन प्रस्ताव दर्ता गराउनुभएकामा बहुमतले अस्वीकृत भएपश्चात् प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । उक्त नीति तथा कार्यक्रम गत जेठ १६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारकोतर्फबाट संसद्मा प्रस्तुत गर्नुभएको थियो । –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर