लामो प्रयासपछि संविधान संशोधन प्रस्ताव संसदमा दर्ता: अब एमाले आन्दोलनमा

Posted By OS Nepal || Date: 30 November, 2016

nepal-parliament-house-bicc-700-1काठमाडौंः लामो विवाद र छलफलपछि मंगलबार साँझ सरकारले सीमांकन हेरफेरसहित संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा दर्ता गरेको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले प्रमुख विपक्षी नेकपा एमालेको विरोधकै बीचमा मंगलबार साँझ संशोधन प्रस्ताव दर्ता गरेको हो ।

वलुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको केही बेरमै व्यवस्थापिका संसदमा प्रस्ताव दर्ता भएको हो । मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर ४ र ५ नम्बरको सीमांकन हेरफेरसहित संशोधन प्रस्ताव पास गरेको थियो ।

सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्तावमा प्रदेश नम्बर ५ मा रहेका पहाडी जिल्लाहरु पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा र आधा रुकुमलाई प्रदेश नम्बर ४ मा गाभ्ने उल्लेख गरिएको छ ।

सँगै नेपालीसँग विवाह गर्ने विदेशी महिलाले आफ्नो देशको नागरिकता परित्यागका लागि प्रक्रिया अगाडि बढाए संघीय कानुन बमोजिम नेपालको वैवाहिक अंगीकृत नागरिकता लिन सक्ने छिन् ।

संशोधन प्रस्तावमा राष्ट्रिय सभा गठनलगायतका विषय समेटिएका छन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!