विश्व खेलकुदको इतिहासमा डरलाग्दो दुर्घटनाः खेलाडीसहित ७६ जनाको मृत्यु

Posted By OS Nepal || Date: 30 November, 2016

Colombia Air Crash

एजेन्सीः विश्व फुटबल इतिहासका लागि मंगलबार कालो दिन सावित भएको छ । ब्राजिलको फुटबल क्लबका खेलाडी सवार विमान दुर्घटना हुँदा खेलाडी, अफिसियल, पत्रकारसँगै विमानका चालकसहित ७६ जनाको मृत्यु भएको हो । ८१ जना सवार विमान दुर्घटना हुँदा पाँच जनाको भने उद्धार भएको छ ।

६ जनाको उद्धार भएको भए पनि एकजनाको उद्धारकै क्रममा मृत्यु भएको छ । दुर्घटनामा अधिकांश सबै खेलाडीको मृत्यु भएको भए पनि जीवित पाँच जना खेलाडी नै भएको खुलेको छ ।

फुटबल खेलाडीहरूको टोली लिएर चार्टरगरी गइरहको सो विमान कोलम्बियामा दुर्घटनाग्रस्त भएको हो ।

ब्राजिलका राष्ट्रपति माइकल टेमरले फुटबल खेलाडी सवार विमान दुर्घटनाको समाचारबाट आफू स्तब्धः भएको बताएका छन् । उनले दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्मानमा तीन दिनसम्म राष्ट्रिय शोकको घोषणा गरेको उल्लेख गरेका हुन् ।

यसैगरी दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै स्पेनिस क्लब रियल म्याड्रिड र बार्सिलोनाका खेलाडीले पनि आफ्नो नियमित अभ्यास बीचैमा रोकेर मौन धारण गरेका छन् ।

नेपाली समय अनुसार मंगलबार मंगलबार बिहान करिब नौ बजेर ४५ मिनेट जाँडा मेडेलिन विमानस्थलको नियन्त्रण कक्षसँग विमानको सम्पर्क बिच्छेद भएको थियो ।

उड्डयन प्राधिकरणका अधिकारीले उक्त विमानमा विधुतीय समस्या आएका कारण विमानस्थलको नियन्त्रण कक्षसँग सम्पर्क विच्छेद भएको जनाएका छन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!