भारत–पाकिस्तान तनावः सात भारतीय सैनिकको मृत्यु

Posted By OS Nepal || Date: 30 November, 2016

indai_vs_pakistanकाठमाडौंः भारत प्रशासित जम्मुको नगरोटामा रहेको सेनाको शिविरमा बिद्रोहीले गरेको आक्रमणमा सात जनाको मृत्यु भएको छ ।

द्रोहीले मंगलबार बिहान सेनाको शिविरमा आक्रमण गर्दा दुई अफिसियलसहित पाँच भारतीय सैनिकको मृत्यु भएको हो । आक्रमणपछि भारतीय सेनाले पनि जवाफी कारवाही गरेको बिबिसीले जनाएको छ ।

यस्तै साँबा सेक्टरको अन्तर्राष्ट्रिय सीमामा पनि बिद्रोही र भारतीय सीमा सुरक्षा बल (बिएसएफ) बिच गोली हानाहान भएको छ ।

बिद्रोही र सुरक्षाकर्मी निरन्तर भिडन्त भइरहेको समाचार संस्था पिटिआईले जनाएको छ । नगरोटामा दुई सैनिक र अन्तर्राष्ट्रिय सीमामा भएको गोली हानाहानमा एक जवान घाइते भएका छन् ।

गएको सेप्टेम्बर भारत प्रशासित जम्मु काश्मिरको उडीमा रहेको भारतीय सेनाको एक शिविरमा आक्रमण आक्रमण भएपछि भारत र पाकिस्तानबिच तनाव भइरहेको छ ।

भारतीय सेनाले भने तीन जना आतंककारी मारिएको दाबी गरेको छ । यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन् ।

तनाव समाधानका लागि दुई पक्षले उच्च तहमा कुरा नगर्दा तनाव निरन्तर जारी रहेको छ । उक्त क्षेत्रका विद्यालय र बजार पूर्णतया बन्द रहेका छन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!