बालेन र सुनितालाई भेटेर मन्त्री झाँक्रीले भनिन् काठमाण्डौको फोहर व्यवस्थापनमा महानगरसँग सहकार्य गर्न सधैँ तयार छु — OSNepal

बालेन र सुनितालाई भेटेर मन्त्री झाँक्रीले भनिन् काठमाण्डौको फोहर व्यवस्थापनमा महानगरसँग सहकार्य गर्न सधैँ तयार छु

LC (KTM) June 02, 2022 0

काठमाण्डौ : सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाण्डौको फोहर व्यवस्थापनमा महानगरसँग सहकार्य गर्न सधैँ आफु तयार रहेको बताएकी छन ्। आज बुधवार काठमाण्डौ महानगरपालिकाका नवनियुक्त प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोललाई मन्त्रालयमा बधाई दिँदै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् ।

उनले काठमाण्डौ महानगरपालिकाभित्र युटिलिटी करिडोर निर्माणको काम समेत मन्त्रालयले गर्न लागेकाले सहकार्य आवश्यक रहेको नले बताइन् ।

काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले बन्चरेडाँडामा ल्यान्डफिल्ड साइटमा फोहर विसर्जनका लागि मन्त्रालयसँग सहयोग गर्नुपर्ने भन्दै यस विषयमा मन्त्रालयले गरेका प्रतिबद्धता शतप्रतिशत कार्यान्वयन गर्न अनुरोध गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर