पृथ्वी राजमार्गका मोटरेवल पुलको मर्मत सुरु

Posted By OS Nepal || Date: 30 November, 2016

दमौली, १५ मङ्सिर । पोखरा—काठमाडौँ पृथ्वी राजमार्गमा पर्ने सानाठूला दुई दर्जन मोटरेवल पुलको मर्मत कार्य सुरु गरिएको छ । पुल जीर्ण र कमजोर हुन थालेपछि ती पुलको मर्मत सुरु गरिएको छ । ती पुलहरुमा रङ्गरोगन गर्ने, लुज भएका नटबोल्ट टाइट गर्ने, वेल्डिङ गर्ने, दायाँ बायाँ बोर्ड राख्ने काम हुने पुल योजना सेक्टर नं। २, मध्यक्षेत्र, पाटनढोका, ललितपुरका इन्जिनियर रमेश सुवेदीले बताउनुभयो ।arghaun-inside-bridge

पृथ्वी राजमार्गमा पर्ने सानाठूला दुई दर्जन पुलको मर्मत थालिएको जानकारी उहाँले दिनुभयो । उक्त कार्यका लागि रु ९ करोड खर्च लाग्ने उहाँले बताउनुभयो । यस वर्ष पृथ्वी राजमार्गको सबैभन्दा लामो ३७० मिटरको मादीनदी पुल, डाङडुङ पुल, हुक्दी पुल, अँधेरीखोला पुल, खानीखोला पुललगायतका पुल मर्मत गरिनेछ ।

नौविसे–पोखरा सडक खण्डमा पर्ने स–साना पुलहरु समेत मर्मत भइरहेका छन्, इञ्जिनियर सुवेदीले भन्नुभयो । तीन महिना भित्रमा मर्मत सकिनेछ, उहाँले भन्नुभयो । फागुन मसान्तसम्ममा ती पुलको मर्मत सकिने सो आयोजनाले जनाएको छ । सुवेदीका अनुसार यस वर्ष मुग्लिनको पुल, विजयपुर खोलाको पुल भने मर्मतमा परेको छैन । रासस

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!