सीमामा सुरक्षा निगरानी, प्रदेश पाँच र दुईमा सुरक्षा चुनौती

Posted By OS Nepal || Date: 30 November, 2016

काठमाडौं, १५ मंसिर- प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग विगतमा आन्दोलन नियन्त्रणमा लिँदा संगठनका तर्फबाट भएका कमीकमजोरी सच्याउँदै नयाँ सुरक्षा योजनामा जुटेका छन् ।

तीनवटै सुरक्षा निकायले केही महिनाअघि देशका विभिन्न भागमा संयुक्त पूर्वअध्यास गरेका थिए ।

आपसमा समन्वयको कमी, भूमिकाका विषयमा खिचातानी र स्थितिको पूर्वमूल्यांकन तथा पूर्वसूचनाको कमीका कारण अयसअभका आन्दोलनमा धनजनको क्षति भएको निष्कर्ष उनीहरुको छ ।

यसै आधारमा रणनीति बनाएर उनीहरु आन्दोलनका क्रममा हुने सक्ने धनजनको क्षति रोक्न पूर्वअभ्यासमा जेटेको आजको नागरिक दैनिकमा समाचार छ ।

यसैबीच प्रहरीले प्रदेश पाँच र दुईमा सुरक्षा चुनौती बढिरहेको निष्कर्षसहित प्रतिवेदन तयार पारेको छ । सुरक्षा खलल पार्ने तत्वको पहिचानमा पनि प्रहरी जुटेको छ ।

प्रदेश ५ मा राजनीतिक रुपमा संविधान संशोधनको विपक्षमा रहेका दल र दुईमा भूमिगत सशस्त्र समूहले गतिविधि बढाउन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!