विमान दुर्घटनाको खबरले मेसी, रोनाल्डो र नेइमार स्तब्ध: मैदानमै माैनधारणा

Posted By OS Nepal || Date: 30 November, 2016

football-starएजेन्सीः मंगलबार कोलम्बियामा भएको विमान दुर्घटनाको खबरले विश्वका चर्चित स्टार फुटबलर स्तब्ध भएका छन् । अन्तर्राष्ट्रिय फुटबलका तीन स्टार स्ट्राइकर अर्जेन्टिनाका लिओनल मेसी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र ब्राजिलका नेइमार स्तब्ध भएका हुन् ।

विश्वकै चर्चित मानिएको ब्राजिलियन क्लब कापेकोइन्सेका खेलाडी चढेको विमान दुर्घटनामा भएको निधनको खबर पाए लगत्तै उनीहरुले खेल मैदानमै दुःख व्यक्त गरेका थिए ।

मंगलबार भएको विमान दुर्घटनामा दक्षिण अमेरिकी क्षेत्रको दोस्रो ठूलो प्रतियोगिता मानिने कोपा सुदामेरिकानाको पहिलो लेगको खेल खेल्न उडेका खेलाडी चढेको विमान कोलम्बिया जाने क्रममा दुर्घटनामा परेको हो । विमानमा ब्राजिलको ‘ए’ डिभिजन क्लब कापेकोइन्सेका खेलाडी, अफिसियल र पत्रकार सहभागी थिए ।

मेसीले आफ्नो ट्विटरमार्फत निधन भएको खेलाडीका परिवार, मित्र तथा क्लबप्रति संवेदना व्यक्त गरेका छन्। यस्तै, नेइमार र रोनाल्डोले पनि यो घटनाले स्तब्ध बनाएको बताएका छन् ।

विमानमा प्राविधिक समस्या आएर दुर्घटना भएको बताइएको छ । यद्यपी दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन् । विमान दुर्घटनामा ब्राजिलियन खेलाडीको निधन भएको खबर पाए लगत्तै बार्सिलोना, म्याड्रिग र म्यानचेस्टर युनाइटेडका खेलाडीले मैदानमै एक मिनेट मौन धारण गरेका थिए ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!