कर्मचारी सङ्गठनको अध्यक्षमा भगवती

Posted By OSNepal, California, USA || Date: 30 November, 2016

सोलुखुम्बु, १५ मङ्सिर । नेपाल निजामती कर्मचारी सङ्गठन, सोलुखुम्बुको अध्यक्षमा भगवती गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । नेकपा (एमाले) निकट सो सङ्गठनको १० औँ जिल्ला अधिवेसनको मंगलबार सम्पन्न बन्द सत्रबाट जिल्ला स्वास्थ्य कार्यालय, सोलुखुम्बुका कर्मचारी गुरुङको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको नेकपा (एमाले) सोलुखुम्बुका प्रचार विभाग संयोजक वीरउदास श्रेष्ठले जानकारी दिनुभयो ।2016060220

अधिवेसनबाट उपाध्यक्षमा दीपक कटुवाल, महिला उपाध्यक्षमा सुकदेबी राई, सचिवमा खड्ग थापा, सह सचिवमा युवराज भुजेल र कोषाध्यक्षमा प्रकाश पौडेल पनि सर्वसम्मत चयन हुनुभएको श्रेष्ठले जानकारी दिनुभयो । रासस

.

Loading...
संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!