बागमती सफाइमा सफलता, पशुपतिको पानी स्नानयोग्य

Posted By OS Nepal || Date: 30 November, 2016

काठमाडौं,मंसिर १५ – बागमती नदीलाई ढलमुक्त गर्ने उद्देश्यसाथ आयोजित बागमती सफाइ अभियानको १८५ औँ सप्ताहसम्म आइपुग्दा सुन्दरीजलदेखि गुह्येश्वरी सूर्यघाट हुँदै पशुपति आर्यघाटसम्मको पानी स्नानयोग्य भएको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदीको यस क्षेत्रमा देखापरेको स्वच्छतासँगै बागमती नदी र मनोहरा खोलाको मीनभवन क्षेत्रको दोभानसम्म स्नानयोग्य हुने गरी यस क्षेत्रलाई ढलमुक्त गर्दैछ ।

एकीकृत विकास समितिका सिनियर डिभिजनल इन्जिनियर योगेन्द्र चित्रकारका अनुसार चालु अर्थिक वर्षको अन्त्यसम्म बागमती र मनोहरा नदीको दोभानलाई ढलमुक्त गर्ने गरी कार्य थालिएको छ । विकास समितिको आफ्नै प्रयोगशालामा गरिएको पानी परीक्षणबाट सुन्दरीजलदेखि आर्यघाटसम्मको नदी खण्ड स्नानयोग्य पाइएको चित्रकार बताउँछन् ।

बागमती सफाइका क्रममा आठ हजार सातसय टन फोहोर नदीबाट हटाइसकिएको छ । फोहोर हटेपछि गुह्येश्वरी नदी खण्डमा माछाका भूरासमेत देखापरेको छ भने जनैपूर्णिमा, बालाचतुर्दशी लगायत ठूला पर्वमा श्रद्धालुले यहाँ स्नान गर्न थालेका छन् । आर्यघाटमा रहेका चिताबाट नदीमा शव जलाइएका फोहोर विसर्जन गर्न रोकिएपछि यो क्षेत्र स्वच्छ अनुभव गरिएको शव जलाउने पेसाका मजदुर नाइके चन्द्र ढकालले जानकारी दिएका छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!