ओठको बनावटबाट आफ्नो भाग्य जान्नुस

Posted By OS Nepal || Date: 30 November, 2016

काठमाडौं । दुबै ओठ समान र सुन्दर हुने व्यक्ति सत्यप्रिय, सुशील तथा सज्जन वृत्तिको हुने गर्दछ । उसले कोमल शब्दले भरिएको मिठो वाणीको प्रयोग गर्दछ । यस्तो व्यक्ति परहितकारी तथा भाग्यशाली जीवन व्यतीत गर्ने हुन्छ । यहाँ ओठको बनावट र त्यसले मानिसमा पार्ने प्रभावका बारेमा चर्चा गरिएको छ ।lip-11024x638

दुबै ओठ मोटो- यस्तो व्यक्ति बढि बोल्ने हुन्छ । उसले अन्तरमनमा कुनैपनि रहस्य लुकाएर राख्न सक्दैन । खानपानमा विशेष रुचि राख्ने हुन्छ । साथै धेरै खाना खाने स्वभावको हुन्छ । दुबै ओठ पातलो- यस्तो व्यक्ति सरल चित्तको हुने गर्दछ । संघर्षबाट उन्नति गर्ने खालको हुन्छ । बढ्दो उमेरमा हरेक प्रकारको सुख भोग गर्ने हुन्छ । माथीको ओठ ठुलो – यस्तो व्यक्ति प्रभावशाली हुन्छ, स्वादिष्ट भोजनको लालसा राख्दछ र यस्ता व्यक्तिहरू गम्भीर प्रवृत्तिका हुन्छन ।

तल्लो ओठ ठुलो – यस्ता व्यक्तिहरू अहंकारी वृत्तिका हुन्छन । यस्ता व्यक्ति आफ्नो कुरा मनाउनका लागी जे पनि गर्न सक्दछन । अरू मानिसहरूको दुःख सुनेर वा हेरेर आन्तरिक प्रसन्नताको अनुभव गर्दछन । यिनीहरू सहनशील हुँदैनन । रक्तिम ओठ- शौर्य, वीर्य र उत्साहको द्योतक हो यस्तो खालको ओठ । यस्ता स्त्री पुरूषमा काम लालसाको निकै फाइदा उठाउने गर्दछन । उनीहरू ऐश्वर्यशाली तथा धनवान पनि हुन्छन । कालो ओठ- यस्तो प्रकारको ओठ कपट तथा संघर्ष को प्रतीक मानिन्छ । यस्ता व्यक्ति मिथ्यावादी हुन्छन साथै सधै दुख भोगिरहन्छन ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!