लमजुङमा प्राकृतिक योग तथा रेकी उपचार केन्द्र संचालन — OSNepal

लमजुङमा प्राकृतिक योग तथा रेकी उपचार केन्द्र संचालन

LC (KTM) June 03, 2022 0

लमजुङ, २० जेठ:

लमजुङ सदरमुकाम बेसीशहरमा प्राकृतिक उपचार केन्द्र सञ्चालन भएको छ । मर्स्याङदी–४ ताघ्रिङका सुमन गुरुङले बेसीशहर–८ स्थित सेराकुनामा प्राकृतिक योग तथा रेकी उपाचार केन्द्र संचालन गरेका हुन् ।

रेकी उपचारको मद्दतले तनाव कम गर्नुका साथै शरीर शान्त पार्न सकिने उपचार केन्द्र सञ्चालक सुमन गुरुङले बताए । विशेष गरी डिप्रेशन, माइग्रेसन तथा शारिरिक समस्या भएका व्यक्तिको रेकी पद्दतीबाट उपचार गरिने गुरुङको भनाइ छ ।

सो बाहेक धुम्रपान, मध्यपान एवं विभिन्न कुलतबाट छुटकारा पाउन, डर, चिन्ता, तनावबाट मुक्त भई सकरात्मक सोचको विकास गर्न, आत्मबल बढाउन, शारिरिक तौल घटाउन रेकी अभ्यास गरिने सञ्चालक गुरुङले बताए । बालबालिकालाई मोबाइलको लतबाट छुटकारा दिलाउन पनि रेकी पद्दती उत्तम हुने गुरुङको भनाइ छ ।

प्राकृतिक उपचार तथा रेकी एक जापानी पद्दती हो ।
रेकी विशेषज्ञका अनुसार यस प्रक्रियाबाट विशेष उर्जा शरीरभित्र संचार गराउन सकिन्छ । यसले शारीरिक, मानसिक, भावनात्मक एवं आध्यात्मिक रुपमा शान्त र आनन्दित तुल्याउँछ । चिन्ता, तनाव, डिप्रेसन नियन्त्रण गर्न सहयोग गर्छ । यसैगरी हृदय रोग, बाँझोपन, क्रोन रोग आदिमा समेत रेकी लाभदायक हुने विशेषज्ञको भनाइ छ ।

बेसीशहरमा सञ्चालित सो प्राकृतिक उपचार केन्द्रमा प्रत्येक बिहान समूहगत रुपमा उपचार गरीने सञ्चालकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर