अनेरास्ववियुमा अध्यक्ष नविना लामा संकटमाः सचिवले बुझाए पाँच बुँदे पत्र

Posted By OS Nepal || Date: 30 November, 2016

Nabina-Lama-Smiling1काठमाडौंः नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नविना लामाले संगठन चलाउन नजानेको भन्दै चर्को आलोचना भएको छ । यस अघि समेत पटकपटक संगठन चलाउन असक्षम भएको आरोप लागपनि लामा एकलौटी ढंगले अघि बढेको आरोपमा लामाविरुद्धको असन्तुष्टि बढ्दै गएको हो ।

संगठन पद्धतिमा भन्दा पनि अध्यक्ष केपी ओलीको ठाडो निर्देशनमा चलेको आरोप लगाउदै माधव नेपाल पक्षका अनेरास्ववियुका नेताले लामाको चर्को आलोचना गरेका छन् ।

लामाले संगठनलाई विचारले भन्दा पनि लापरबाही ढंगले चलाएको आरोप अखिल नेताहरुको छ । अध्यक्ष लामाले संगठनलाई अनिर्णयको बन्दी बनाएको आरोपलगाउदै अखिला नेताहरुले उनलाई नियमसंगत काम गर्न चेतावनी समेत दिएका छन् ।

लामाप्रतिको असन्तुष्टि बढ्दै जँदा पछिल्ला दिनमा भने अनेरास्ववियुका सचिवहरु सुदेश पराजुली, आरती लामा, ओसिम आलम सार्वजनिक रुपमै विरोधमा उत्रिएका छन् । उनीहरुले संगठनलाई नियमसंगत चलाउन माग गर्दै अध्यक्ष लामालाई पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।

उनीहरुले संगठन विधान अनुरुप नचलेको, व्यक्तिगत विचारमा संगठनलाई अगाडि बढाएर लामाले संगठनकै बदनाम गरेको आरोप लगाएका छन् । केही नेताले भने लामाले आफ्नो जवानी देखाएर केही व्यक्तिलाई खुशी पारेर संगठनमा दादागिरी देखाएको आरोप समेत लगाएका छन् ।

लामा विधान अनुरुप नचल्दा संगठन पुरै बन्दी भएको आरोप सचिव पराजुलीको छ, । पराजुली भन्छन्, ‘महाधिवेशन सकिएको वर्षदिन हुँदा समेत एउटा पनि बैठक बोलाइएको छैन् । यो पाराले कसरी चल्छ संगठन ?’

गत वर्ष भएको अनेरास्ववियुको चनावमा नविना लामा अध्यक्षमा निर्वाचित भएदेखि नै संगठनका काम प्रभावकारी ढंगले अगाडि बढ्न नसकेको आरोप माधव नेपाल पक्षका नेताहरुको छ । केपी ओलीको धाक देखाएर लामाले अन्य नेतालाई थर्काउने गरेको समेत खुलासा भएको छ । पार्टी अध्यक्षको नाममा संगठनका नेता थर्काउने भन्दा पनि संगठनलाई मजबुद बनाउन नेताहरुले माग गरेका छन् ।

साथै विधान अनुरुप केन्द्रीय कमिटी र केन्द्रीय सचिवालयको बैठक बोलाउन माग गरिएको छ । तीन सचिवले बुझाएको ध्यानाकर्षणपत्रमा २८ वर्षे उमेरहदको व्यवस्थालाई कार्यान्वयन गरेर अघि बढ्न समेत माग गरिएको छ । विद्यार्थी संगठनमा २८ वर्षे उमेर हद कार्यान्वयन गर्ने बताइएको भए पनि कुनै पनि संगठनमा लागु भएको छैन् । अझ कतिपय संगठनमा ५० वर्ष पुग्न लागेका नेता संगठनका अध्यक्ष भएका छन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!