साझा यातायातले लामो दूरीका सुविधा सम्पन्न बस ल्याउने

Posted By OS Nepal || Date: 30 November, 2016

sajha busकाठमाडौंः छोटो समयमा लोकप्रिय बनेको साझा यातायातले पुराना बसलाई विस्थापित गर्ने गरी लामो दुरीका लागि सुविधा सम्पन्न बस सेवा सञ्चालन गर्ने भएको छ ।

राजधानीका विभिन्न रुटमा बस सेवा विस्तार गरेसँगै साझाले अब राजधानी बाहिरका लामो दुरीमा बस सञ्चालन गर्न लागेको हो । साझा यातायातका अनुसार अब लामो दुरीका लागि १० बटा सुविधा सम्पन्न बस ल्याउने तयारी सुरु भएको छ ।

साझा बसको सेवा विस्तारले यात्रुलाई सहज हुँदै गएको भन्दै बस खरिद गर्नका लागि काठमाडौं महानगरपालिकाले साझा यातायातको थप ५ करोड रुपैयाँको सेयर लिनेभएपछि यस्तो निर्णय सार्वजनिक भएको हो ।

महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले थप ५ करोड रुपैयाँ साझालाई बस खरिदका लागि उपलब्ध गराउने सार्वजनिक गरिसकेका छन् ।

साझा यातायातले दसैं अघि मात्र लामो दुरीमा विरगंज, गोरखा, लुम्विनी र बाग्लुङ्गसम्म बस सञ्चालनमा ल्याएको थियो । विशेष गरेर राजधानीबाट सुरु भएको साझा यातायातको सुविधालाई देशव्यापी बनाउने योजना रहेको बताइएको छ । राजधानी बाहिर समेत साझा बस लोकप्रिय बन्दै गएको छ । त्यसैलाई मध्यनजर गर्दै सुविधा बढाउने योजनामा साझा सहकारी रहेको छ ।

अहिले राजधानी र बाहिर गरेर साझाले ३८ वटा बस सञ्चालनमा ल्याएको छ । जसमध्ये अपाङ्गतामैत्री ३० बटा बस सञ्चालनमा छन्। अहिले उपत्यका भित्र मात्र २८ वटा साझाका बस सञ्चालनमा छन् भने उपत्यका बाहिर आठवटा मात्र रहेका छन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!