देउवाको खुट्टामा बञ्चरो हान्ने अरु कोही नभएर उनका आफ्नै सांसद

Posted By OS Nepal || Date: 30 November, 2016

काठमाडौं, मंसिर १५ – पुरानो संस्थापनसंगको निकटता तोडेर गत वर्ष सम्पन्न १३ औँं महाधिवेशनमा शेरबहादुर देउवालाइ सघाएका नेपाली कांग्रेसका नेता अहिले सभापति देउवाविरुद्ध उभिएका छन। प्रदेश नं ५ लाई चलाएर तराइबाट पहाड अलग्याउने गरी संविधान संशोधनमा नेतृत्वले तयारी गरेपछि हिजो देउवालाई सघाएका केन्द्रीय स्तरमा आधा दर्जन नेता देउवाविरुद्ध उभिएका हुन्।

संविधान संशोधनका विषयमा छलफल गर्न सोमबार सभापति देउवाले संसदीय दलको कार्यालयमा पार्टीका वर्तमान तथा पूर्वपदाधिकारी, सिनियर केन्द्रीय सदस्य तथा प्रदेश नं ५ का नेताहरुसहितको बैठक डाकेका थिए। बैठकमा उपस्थित करिब दुई दर्जन नेतामध्ये देउवाको पक्षमा तीनजना मात्र थिए। उपप्रधानमन्त्रीसमेत रहेका विमलेन्द्र निधि, मन्त्री लेखक र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मात्र देउवालाई साथ दिएका थिए।

पार्टीमा यी तीनैजना देउवाका पुराना हस्ती हुन्। ५ नं प्रदेश टुक्र्याउने गरी सरकारले प्रस्ताव ल्याउँदा दुई मन्त्री निधि र लेखकले त त्यसको पक्षमा बोल्ने नै भए, तर भोजपुरे नेता कार्कीले पनि देउवा, निधि र लेखककै भाषा बोल्दा सहभागी अरु नेता पनि छक्क परेका थिए। मनोनीत हुन बाँकी महामन्त्री पदको दाबी गर्दै आएका कार्कीले त्यसकै चाकडीका लागि प्रदेश नं ५ का विषयमा त्यस्तो धारणा राखेको अनुमान धेरैको थियो।

बैठकमा महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य तथा सांसदहरु अर्जुन नरसिंह केसी, रामशरण महत, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, बालकृष्ण खाँड, चन्द्र भण्डारी, पुष्पा भुसाल, मानबहादुर विश्वकर्मा, शेखर कोइरालालगायत सबैले प्रदेश नं ५ लाई टुक्रयाउन नहुने धारणा राखेका थिए। यीमध्ये केसी, भण्डारी, विश्वकर्मा, भुसाल पुरानो संस्थापन छोडेर गत महाधिवेशनबाट देउवा क्याम्पमा छिरेका हुन भने खाँड देउवाका पुरानै हस्ती हुन। आजको बुधबार साप्ताहिकमा खबर छापिएको छ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!