एमालेको भातृसंगठन प्रबासी मन्च जापानको २०औं अधिबेशन सम्पन्न ; अध्यक्षमा महेन्द्र श्रेष्ठ

Posted By OS Nepal || Date: 30 November, 2016

imageओएस नेपाल ,जापान ,एच.बी ताम्राकार (हर्क बहादुर) 

मंसिर १५ । नेकपा एमालेको प्रवासमा क्रियासिल रहेको संगठन प्रवासी नेपाली मंच, जापानले आफ्नो २०औं अधिबेशन नोभेम्बर २६ र २७ मा सम्पन्न गरेको छ । जापानको कामाता ओताकु सेईखाचु सेन्टरमा एमाले स्थायी समिति सदस्य एवं प्रस्तावित क्षेत्र नं- ४ का संयोजक तथा पूर्व मन्त्रि किरण गुरुङ र नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य राजन राईको विशेष अतिथ्यतामा सम्पन्न भएको उक्त अधिबेशनमा जापानका विभिन्न स्थानहरुबाट एमाले कार्यकर्ताहरु तथा पार्टीमा आस्था राख्ने नेपालीहरु तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।

बन्द सत्र कार्यक्रम अन्तर्गत नेतृत्व चयनमा धेरै आकांक्षी भएपछी सहमति जुटाउन नसक्दा एकदिन ढिलो सम्म महाधिबेशनलम्बिएको थियो । अन्तत:आगामी दुइ वर्ष कार्यकालका निमित्त दुई सदस्य पछी थप्ने गरि महेन्द्र श्रेष्ठको अध्यक्षतामा २७ सदस्य सर्वसम्मत कार्यसमिती चयन भएको टोकियोबाट चुडामणी काफ्लेले जानकारी दिएका छन। जसमा पाँच उपाध्यक्ष क्रमश: बाबुराम भण्डारी, बलराम भुसाल,सिद्धार्थ श्रेष्ठ, मोहन रायमाझी र कुलचन्द्र खरेल रहेका छन भने महासचिवमा सुरेस केसी,उपमहासचिवमा राजेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा पशुपति गिरी र दुई सचिवमा क्रमश: विकास पौडेल र जीवन अर्याललाई चयन गरिएको छ।

नेकपा एमालेको भातृसंगठन प्रबासी मन्च जापानको हालै संम्पन्न अधिबेशन बाट सर्बसहमती रुपमा चयन हुनुभएका राष्टृय कमिटी जापानका सम्पूर्ण टिमको नामावली :
अध्यक्ष- महेन्द्र श्रेष्ठ
उपाध्यक्ष – बाबुराम भण्डारी
-कुलचन्द खरेल
– मोहन रायमाझि
– सिद्धार्थ श्रेष्ठ
– बलराम भुसाल
महासचिव – सुरेश केसि
उपमहासचिव- राजेन्द्र श्रेष्ठ
सचिव – जिवन अर्याल
– बिकास पौडेल
कोषाध्यक्ष – पशुपति गिरि
सदस्य
प्रशु बश्नेत
देबिलाल भंडारी
बुद्धिराज धिमिरे
प्रकाश महरा
अशोक चन्द अधिकारी
अच्युत लोहनि
प्रकाश ढकाल
स्वतन्त्र पौडेल
आलोक चालिसे
दिप पाठक
सागर रिजाल
राजु तिवारी
नारायण पौडेल

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!